सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच १२% छुट दिने सम्झौता




काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु