एलजीको रोड शो नेपाल अधिराज्यभर शुरु



काठमाडौं । एलजीले नेपाल अधिराज्यभरी रोड शो सुरु गरेको छ । रोड शोमा एलजीले इनोभेटिभ उत्पादनहरुको डिस्प्लेका साथै डेमो पनि गर्नेछ ।
यस रोड शोको मूख्य आकर्षणमा वासिङ्ग मेसिन, टि.भी. र ए.सि. रहेको छ । भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टासम्म हुनेछ ।
उक्त रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ्ग मेसिनको डेमो रहेको छ । जसमा एलजीको ८ के.जी.को वासर ड्रायर वासिङ्ग मेसिनबाट डेमो दिने कम्पनिले जनाएको छ ।
एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ्ग मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु