चलचित्र कबड्डी कबड्डी कबड्डी डिशहोम सिनेमाघरमा हेर्न पाइने




काठमाडौं । सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ बाट प्रसारण हुने भएको छ ।

उक्त च्यानलमा यो चलचित्र पौष ११ गते देखि प्रर्दशन हुने भएको छ । सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारले अभिनय गरेका छन् ।

२०७६ साल असोज ३ गते रिलिज भएको यस चलचित्रले पुराना सिक्वलहरु कबड्डी , कबड्डी कबड्डीको सर्वाधिक लोकप्रियता संगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ । तिनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन् , चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभावपार्न सफल भए ।

च्यानलनम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ । हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समागएर एमओडी टाइप गरी(एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरीआफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिने डिसहोमले जनाएको छ । यो चलचित्र हेर्न सपरिवारका लागि ३ सय २५ रुपैयाँ शूल्क लाग्नेछ ।


क्लिकमान्डु