टिभीएस एनटर्क १२५ रेस एडिशन नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता (भिडियोसहित)



काठमाडौं । टिभीएस मोटर कम्पनीद्वारा उत्पादित एनटर्क १२५ रेस एडिसन स्कुटर नेपालमा सार्वजनिक भएको छ ।

रेड एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक त्रत्तीको सुविधा पनि रहेको छ जसलाई रातो रङको स्वीचद्वारा इलबेल गर्न सकिन्छ ।

त्यसैगरी स्कुटरका भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक पनि छ । स्कुटर म्याट ब्लाक, मेटालिक ब्ल्याक र मेटालिक रेड गरी तीनवटा रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टिभीएस एनटर्क नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जनु प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेशनसँग पेयर्ड गरिएको छ । यो स्कुटर १२५ सिसी क्षमताको छ जसमा सिंगल सिलिन्डर, ४ स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेछ गर्दछ । ु

थप जानकारीका लागि भिडियोमा हेर्नुहोस

 


क्लिकमान्डु