एलजीको आरजी–३२ रेफ्रिजेरेन्ट भएको एसी नेपालमा सार्वजनिक



काठमाडौं । सि.जी इलेक्ट्रोनिक्सले एल.जीसँग साझेदारीमा आरजी–३२ रेफ्रिजेरेन्ट भएको एसी नेपालमा सार्वजनिक गरेको छ ।

उक्त एसीमा भएको ग्याँसले एल.जी इन्भटर एयर कन्डिसन को प्रणाली दक्षता बृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसनलाई अधिक टिकाउ बनाउँछ ।

आरजी–३२ ग्याँसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । साथै यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ ।

डुयल कम्प्रेसर भएको यस एसी ले ७०% सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ । ए.जी.का एयर कन्डिसनर मा १० वर्षको वारेन्टि पनि रहेको छ, एल.जी.को आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. ईम्पेक्स प्रा.ली. रहेको छ ।


क्लिकमान्डु