प्राइमले एक्युजिसन गर्न लागेको कैलाश विकास बैंकको सधारण सभा पुस २५ मा
काठमाडौं । कैलाश विकास बैंकको २६ औं साधारण सभा पुस २५ गते हुने भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाने जनाएको छ । यस्तै कर प्रयोजनका लागि २.७७ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
बैंकले बोनसका लागि ४० करोड ३३ लाख १ हजार ७६० रुपैयाँ र नगद लाभांशको लागि ६ करोड ९८ लाख २१ हजार ६१७ रुपैयाँ २० पैसा छुट्याएको छ ।
बैंकले साधारण सभामा बैंकलाई प्राइम कमर्सियल बैंकले प्राप्ति (एक्युजिसन) गर्ने सन्दर्भमा बैंकको १०० कित्ता सेयरलाई प्राइम बैंकको ९४ कित्ता (१ः०.९४)सेयर आदान प्रदान अनुपात पारित गर्ने रहेको छ ।
प्राइम बैंकसँग हुने एक्युजिसन गर्ने सम्बन्धमा भएका सम्झौता लगायत त्यससँग सम्बन्धित संयुक्त मर्जर समिति एंवम बैंक सञ्चालक समितिबाट भएका सम्पूर्ण निर्णयहरु स्वीकृत एंव अनुमोदन गर्ने रहेको छ ।
बैंकको साधारण सभा अमृतभोग पार्टी प्यालेस कालिकास्थान, काठमाडौंमा बिहान १० बजोबाट सुरु हुने छ ।