बन्दीपुर गाउँपालिकामा गरिमा विकास बैंकको शाखा खुल्यो




काठमाडौं । गरिमा विकास बैंकले बन्दीपुर गाउँपालिकाको डुम्रेमा डुम्रे शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष श्री पुर्ण सिंह थापाले गरेका छन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले सदैव ग्राहकहरुको चाहना र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गर्न विकास बैंक सदैव प्रतिवद्ध रहेको र ग्राहकहरुले विकास बैंकप्रति देखाएको विश्वासले थप उर्जा प्राप्त भएको बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु