आइएमईले उत्कृष्ट १५ व्यावसायिक साझेदारलाई बाकु भ्रमणमा पठायो



काठमाडौं । आइएमईले आफ्ना पन्ध्र वटा व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ ।

आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने पन्ध्र व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पु¥याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ ।

आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकावीच आइएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई विदाई गरेका थिए । विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै महाप्रवन्धकद्वयले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।


क्लिकमान्डु