सेञ्चुरी बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता




काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु