एनसीसी बैंकले १५ प्रतिशत बोनस सेयर दिने, कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
आइतबार राती बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ८ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजीमा १५ प्रतिशत बोनस सेयर दिन लागेको हो । बोनस सेयर दिएपछि एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३४ करोड हुने छ ।