प्रभु बैंकको नयाँ शाखा कपिलबस्तुको तौलिहवामा खुल्यो




काठमाडौं । प्रभु बैंकले कपिलवस्तुको तौलिहवामा नयाँ शाखा खोली कारोबार शुरु गरेको छ । यो बैंकको २०२औं शाखा हो ।

उक्त शाखा कार्यालयको उदघाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् । उदघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उक्त शाखाबाट गुणस्तरीय एवं प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने र त्यसबाट स्थानीय सर्वसाधारण, उद्योगी ब्यापारी तथा अन्य संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु