सनराइज बैंकले महिला उद्यमीलाई सहुलियतपुर्ण कर्जा दिने
काठमाडौं । महिला उद्यमी व्यवसायीहरुलाई सनराइज बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । उक्त विषयमा नेपाल उद्योग परिसंघ र सन्राइज बैंकबीच समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे । सोही अवसरमा सन्राईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले परिसंघसँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस सम्झौता पश्चात् परिसंघमा आवद्ध सम्पूर्ण उद्यमी÷महिला सदस्यहरुको उद्यमशिलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज अनुदान कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ । समझदारी अनुसार सन्राइज बैँकले महिला उद्यमीहरुका लागि पन्ध्र लाखसम्मको सहुलियतपूर्ण कर्जा स्विकृत ब्याजदरमा ६% सम्मको छुट प्रदान गर्ने छ ।
साथै, परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सन्राइज बैँकले सरल रुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्र्ण कर्जा, कर्जा उपभोग गर्दाको फाईदा जस्ता कर्जासँग सम्बन्धित जानकारीमुलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारी भएको छ ।
यस्ता छन सम्झौताका भएका बुदाँहरुः
– तालिम तथा अभिमुखिकरण कार्यक्रमको माध्यमबाट नेपाल उद्योग परिसंघका सदस्यहरु माझ बैंकिङ पहुँच पु¥याउने ।
– विशेषतः महिलाहरुको उद्यमशिलता तथा सशक्तिकरणका लागि ब्याज अनुदान कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने ।
– नेपाल उद्योग परिसंघमा आवद्ध सदस्यहरु र सन्राईज बैक लिमिटेडको आपसी हितलाई मध्यनजर गरी समय–समयमा अन्य आवश्यक कार्यहरु गर्ने ।
-नेपाल उद्योग परिसंघका सदस्यहरुलाई बैंकबाट कर्जा उपभोग गरेको अवस्थामा निम्न सुविधाहरु उपलब्ध गराउने ।
-नयाँ खाता खोल्दा बैंकले जारी गर्ने डेबिट कार्ड, मोबाईल बैंकिङ तथा लकर सूबिधामा पहिलो वर्षको वार्षिक शुल्कमा पूर्ण छुट गर्ने ।
– क्रेडिट कार्डका लागि योग्य ग्राहकलाई पहिलो वर्षको सदस्यता शुल्कमा पूर्ण छुट । सहित उपरोक्त सुविधाहरु बैंकका सम्पुर्ण शाखा कार्यालयहरु मार्फत उपलब्ध गराईने ।