कैलाशलाई गाभ्न प्राइम बैंकले गर्यो अन्तिम सम्झौतापत्र, दुई महिनाभित्र एकीकृत कारोबार
कैलाशलाई गाभ्न प्राइम बैंकले अन्तिम अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरे ।
कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ ।
अन्तिम सम्झौतामा हस्ताक्षरपछि दुबै बैंकले साधारणसभा बोलाउने छन् । साधारणसभाले एक्विजेशनको प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिने छ । त्यसपछि एकीकृत कारोबार सुरु हुने छ । दुई महिनाभित्रमा प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने छ ।