मृतक माझीका परिवारलाई ग्लोवल आइएमई बैंकले दियो ५ लाखको चेक



काठमाडौं । सवारी दुर्घटनामा परी मृत्यु हुने बिराटनगरकि अञ्जलीकुमारी माझीको परिवारलाई ग्लोबल आइएमई बैंक बिराटनगर शाखाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्ने विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत माझीका परिवारलाई प्रदेशका सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार बिष्टले सयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २६६ वटा शाखा, ३४ वटा राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५९ एटीएम तथा २४६ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत् १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।


क्लिकमान्डु