मारुती सुजुकीले सार्वजनिक गर्यो अल्टो भीएक्सआई प्लस, नेपालमा कहिले आउँछ, कति पर्ला ?




काठमाडौं । भारतको सर्वाधिक ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले अल्टो भीएक्सआई प्लस कार सार्वजनिक गरकोे छ । अल्टो ह्याचब्याक सेग्मेन्टमा परिवर्तन गरी नयाँ डिजाइनमा यो कार सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार यो कार वीएस–६ कम्प्लायन्ट पावरट्रेनमा उत्पादन गरिएको छ जसले केही समयपछि लागू हुने मापदण्ड पूरा गर्नेछ ।

भारतमा यो कारको मूल्य ३ लाख ८० हजार भारु तोकिएको छ । यो कार पहिलाको अल्टो भीएक्सआई ट्रिमभन्दा १३ हजार रुपैयाँ महँगो हो ।

यो गाडी खरिद गर्ने प्रयोगकर्ताले ७.० इन्चको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो इन्फोटेन्मेन्ट पाउनेछन् । यो इन्फोटेन्मेन्ट सिस्टमले एण्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्दछ र ब्लुटुथबाट पनि कनेक्ट हुन्छ । हम्बल ह्याचब्याक सेग्मेन्टमा यो सुविधा पहिलो भएको कम्पनीको दाबी छ ।

मिडिया इन्टरफेसमा परिवर्तन भएपनि पहिलाको गाडीमा र अहिलेको गाडीमा केही समानता छन् । भीएक्सआईमा जस्तै भीएक्सआई प्लसमा डुअल टोन इन्टेरियर, म्यानुअल एयर कन्डिस्नर विथ हिटर, पावर स्टेरिङ, फ्रन्ट पावर विन्डोज, रिमोट लकिङ र म्यानुअल्ली एडजस्टेबल विङ मिरर छन् ।

सुरक्षाका पक्षमा भने एविएस, इविडि, रिभर्स पार्किङ सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पिड अलर्ट र डुअल फ्रन्ट एयर ब्याग्स रहेका छन् । अल्टो पावरिङमा भने ४८ एचपी वीएस–६ कम्प्लायन्ट, ८ सय सिसी, थ्री सिलिण्डर पेट्रोल इन्जिन, ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेका छन् ।

भारतमा सार्वजनिक भएको यो कार नेपाल आउन भने केही महिना लाग्नेछ । त्यसैगरी भारतमा ३ लाख ८० हजार मूल्य रहेको यो कार नेपालमा कति पर्ला भन्ने चासो गाडी प्रयोगकर्तामाझ छ ।


क्लिकमान्डु