उत्पादन बढाउन सर्वोत्तम सिमेन्टले सवा अर्ब लगानी थप्दै



काठमाडौं । सर्वोत्तम सिमेन्टले क्षमता विस्तारका लागि सवा एक अर्ब लगानी थप गर्ने भएको छ ।

सिमेन्टको उत्पादन क्षमता बढाउनका लागि सर्वोत्तम सिमेन्टले उक्त ऋण लिन लागेको समूहका अध्यक्ष विष्णु न्यौपानेले क्लिकमाण्डूलाई बताए । कम्पनीले क्लिंकर पनि उत्पादन गरी बक्रिी गर्दै आएको छ ।

मुलुकमा सिमेन्टको माग घटिरहेका बेलामा उद्योगहरुले उत्पादन कम गराएका छन् । यस्तोमा सर्वोत्तमले ठूलो लगानी गरी उत्पादन क्षमता बढाउने तयारी गरेको हो ।

सर्वोत्तम सिमेन्टले अहिले ओपिसी र पिपिसी गरी २ प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सुरुवाती समयमा प्रतिदिन १२०० टन उत्पादनबाट सुरु गरेको कम्पनीले अहिले क्लिङकर र सिमेन्ट गरी दैनिक २९९० टन उत्पादन गर्दै आएको छ । कम्पनीले आगामी दिनमा प्रतिदिन १८०० टन क्षमता थप गर्ने तयारी गरेको छ ।

सर्वोत्तम सिमेन्टले उक्त ऋण लिनका लागि यसअघि हालसम्म भएको साढे ८ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको हो ।

कम्पनीको ३ वर्षयता ३२ प्रतिशत वृद्धिदर छ । कम्पनीमा सौरभ समूहले ६२ प्रतिशत स्वामित्व छ ।

कम्पनीले हालसम्म ३ अर्ब ७४ करोड ४२ लाख ७४ हजार रुपैयाँ फन्ड बेस्ड लङटर्म लोन, ३ अर्ब ७५ करोड ७० लाख ६० हजार रुपैयाँ फन्ड बेस्ड सर्ट टर्म लोन र १ अर्ब रुपैयाँ नन–फन्ड बेस्ड सर्ट टर्म लोनका लागि रेटिङ गराएको हो ।


पुष्प दुलाल