नयाँ ऋणीलाई खुसीको खबर, एकवर्ष अगाडिको भन्दा ब्याजदर घट्यो



काठमाडौं । बैंकबाट ऋण लिने नयाँ ऋणीलाई कर्जाको ब्याजदर घटेको छ । कात्तिक मसान्तसम्म कर्जाको ब्याजदर ०.४४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सार्वजनिक गरेको चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुको आधारदर घटेको छ । जसकारण ऋणको ब्याजदर घटेको हो ।
चालू आर्थिक वर्षको कात्तिकमा बैंकहरुको आधार ब्याजदर बेसरेट गत आर्थिक वर्षको कात्तिकको भन्दा ०.७१ प्रतिशतले घटेर ९.५० प्रतिशतमा झरेको छ । गत अर्थिक वर्षको कात्तिक महिनामा बैंकहरुको बेस रेट १०.२१ प्रतिशत थियो ।

हाल वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । गत आवको सोहि अवधिमा कर्जाको ब्याजदर औसतमा १२.२६ प्रतिशत रहेको थियो । निक्षेपको औषत व्याजदर भने चालू आवको कात्तिक माहिनामा ६.८१ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवको तुलनामा चालु आवमा कर्जाको औषत ब्याजदर क्रमिक रुपमा घटिरहेको छ । चालू आर्थिक वर्ष साउन महिनामा कर्जाको औषत ब्याजदर १२.०८ प्रतिशत थियो ।

गत आवको सोही अवधिमा कर्जाको व्याजदर १२.४७ प्रतिशत रहेको थियो । गत आवको भदौमा १२.३१ प्रतिशत रहेको कर्जाको औषत व्याजदर चालु आवको सोही अवधिमा ११.९७ प्रतिशत कायम रहेको थियो ।

यस्तै गत आवको असोज महिनामा कर्जाको औषत ब्याजदर १२.२६ रहेको थियो भने चालु आवको सोही अवधिमा ११.९८ प्रतिशत थियो । साथै गत आवको कात्तिक महिनामा १२.२६ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर ०.४४ प्रतिशतले घटेर चालु आवको सोही अवधीमा १२.०७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

एकवर्षको तुलनामा ब्याजदर घटेको देखिएपनि यो वर्षको असोज महिनाको तुलनामा कात्तिक महिनामा भने बेसरेट घटेपनि बैंकहरुले कर्जाको ब्याजदर झनै बढाएका छन् । असोज महिनामा कर्जाको बेसरेट ९.५६ प्रतिशत थियो कात्तिक महिनामा ९.५० प्रतिशत छ । तर,कर्जाको ब्याजदर ११.९८ प्रतिशतबाट १२.०७ प्रतिशतमा पुगेको छ । बैंकहरुले पछिल्लो समय ब्याजदर नघटाउनको लागि बद्मासी गरेका छन् ।

यसै गरि ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ । २०७५ कात्तिकमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ । त्यस्तै, एक बैंकले अर्को बैंकलाई दिने सापटी बीचको यसै गरि ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ । २०७५ कात्तिकमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ । त्यस्तै, एक बैंकले अर्को बैंकलाई दिने सापटी बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ ।


क्लिकमान्डु