फक्सवागेनले अल्जेरियामा गाडी उत्पादन रोक्यो




काठमाडौं । विश्वविख्यात गाडी निर्माता कम्पनी फक्सवागेनले अल्जेरियामा गर्दै आएको गाडी उत्पादनमा रोक लगाएको छ ।

कम्पनीले गाडी उत्पादनका लागि स्थानीय पार्टनर कम्पनीका रुपमा सोभ्याकलाई रोजेको थियो । उक्त पार्टनर कम्पनी प्रमुख भ्रष्टाचारमा मुछिएपछि उत्पादन स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ ।

अल्जेरियाको पार्टर सोभ्याकका प्रमुख मौराड ओउल्मीले यसबारे भनेका छन, ‘फक्सवागेन कम्पनी अल्जेरियाका अनुसन्धान अधिकारीहरुले गरेको भ्रष्टाचारसम्बन्धि अनुसन्धानबारे चनाखो छ ।’

सोभ्याकसँगको सहकार्यमा अल्जेरियाको उद्योगबाट हुँदै आएको सम्पूर्ण उत्पादन रोकिएको हो ।

अल्जेरियाको रेलिजेनमा सन् २०१७ मा फक्सवागेनको उद्योग शुरु भएको थियो ।

स्थापना भएको एक वर्षमा अर्थात् सन् २०१८ मा उक्त उद्योगबाट ५० हजार फक्सवागेन, अउडी, सिट र स्कोडा गाडीहरु उत्पादन भएका थिए ।

उक्त उद्योगबाट हुँदै आएको उत्पादन बन्द भएसँगै कम्पनीमा कार्यरत ७ सय कामदार कामविहीन भएका छन् ।


क्लिकमान्डु