बोइङले गर्यो गम्भीर निर्णय, ७३७ म्याक्सको उत्पादन बन्द गर्ने
बोइङले उत्पादन हुँदै आएको ७३७ म्याक्स मोडलको उत्पादन बन्द निर्णय गरेको छ । बोइङले गरेको उक्त निर्णयले अमेरिकाको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिएको छ ।
बोइङ अमेरिकाको ठूलो उद्योगमध्येमा पर्छ । जसले संसारभर विमान उपलब्ध गराउँदै आएको छ ।
इन्डोनेसिया र इथियोपियामा ७३७ म्याक्स मोडेलका २ वटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान ९ महिना अघि संसारभरी रोखिएको थियो ।
ती दुर्घटनाको मुख्य कारक मानिएको स्वचालित नियन्त्रण प्रणालीमा देखिएको समस्या समाधान गर्न बोइङले त्यसको फेरि डिजाइन गर्ने बताउँदै आएको थियो । तर अब भने आगामी जनवरीदेखि उत्पादन बन्द गर्ने जनाएको हो ।
बोइङका अनुसार कम्पनीसँग अहिले उक्त मोडलका ४०० वटा विमान गोदाममा छन् । विश्वका कतिपय विमान सेवाले ७३७ म्याक्स विमान मगाएका थिए । तर बोइङका इन्जिनियरहरुलाई समस्या समाधान समय लाग्ने भएकाले हस्तान्तरण गरिएको थिएन ।
उक्त समस्याका कारण कम्पनीलई ९ अर्ब डलरको क्षती भएको थियो ।