पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला



काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशरफलाई मृत्युदण्डको फैसला गरिएको छ । विशेष अदालतले उनलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको हो ।

तीन सदस्यीय न्यायाधिशको इजलासले मुशर्रफलाई गम्भीर देशद्रोहको मुद्दामा मृत्युदण्ड सुनाएको हो। साथै उनलाई संविधानको अवहेलना गरेको समेत आरोप लागेको छ ।

सन् २००७ मा सङ्कटकाल घोषणा गरेकोमा उनलाई देशद्रोहको मुद्दा लगाइएको थियो । यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो ।

सन् १९९९ मा सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए।


क्लिकमान्डु