होण्डा ह्वील अफ फर्चुन ३ का विजेताहरु घोषित, कसले के जिते ?




काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम “होण्डा ह्वील अफ फर्चुन ३” का विजेताहरु घोषणा गरेको छ । लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले ह्वील अफ फर्चुनलाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् ।

बम्परमा सोहि लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई ह्वील अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारीले ४ लाख, आयुष महर्जनले ३ लाख, गंगा गुरुङले २ लाख जितेका छन् । त्यसैगरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले १÷ लाख नगद पुरस्कार जितेका छन् ।

यसका साथै, मोरङका तोयानाथ गौतम र धनगडीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निशुल्क थाईल्याण्ड भ्रमण गर्न पाउने भएका छन् । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ, ऋषि पाण्डे, कृष्णमुरारी पुडासैनी, मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत निशुल्क दुबई भ्रमण जितेका छन् ।


क्लिकमान्डु