बीमा समितिले पैसा नतिर्दा सेवाग्राही तनाबमा



काठमाडौं । हरेक नियामक निकायले आफ्नो वेवसाइट बनाएको हुन्छ । त्यसमा आफूले जारी गर्ने निर्देशन, निर्देशिका, ऐन, नियम, सर्कुलेशन आदी राखिएको हुन्छ ।

जुन आवश्यक परेको समयमा जो कोहीले पनि थाहा पाउन सकुन भनेर नै राखेको हो । तर कुनै पनि त्यस्तो महत्वपूर्ण नियामक निकायको वेवसाइटमा राखिएका महत्वपूर्णं विषय खुलेनन् भने सेवाग्राहीले कस्तो सेवा पाउलान ? यो प्रश्न जो कोहीको मनमा पनि उब्जन सक्छ ।

यस्तै भएको छ, बीमा समितिमा पनि । बीमा समितिको एनआईबी डट जीओभी डट एनपी खुल्छ मात्रै । त्यहाँभित्र भएको कुनै निर्देशिका खुल्दैनन् ।
खोल्दा एकाउन्ट सस्पेन्डड मात्रै देखाउँछ । त्यहाँ मर्कन्टाइलको नम्बर राखिएको छ । त्यहाँ किन नम्बर राखियो भनेर सोध्दा थाहा भयो की, बीमा समितिले झण्डै २० दिन यता होस्टिङको पैसा नै तिरेको रहेनछ ।

मर्कन्टाइलका अनुसार होस्टिङको झण्डै २५ हजार रुपैयाँ नतिरेको कारण सस्पेन्स भएको हो । पैसा तिरेपछि साइटका सबै लिंकहरु खुल्नेछन् । यस विषयमा बीमा समितिमा बुझ्दा आईटीसँग जानकारी लिने मात्रै बताएका छन् ।


क्लिकमान्डु