पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टि.भि.एस. अपाचे सिरीज



काठमाडौं । पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टि.भि.एस अपोचे सिरिज हुने भएको छ । नेपालका लागि टि.भि.एस. मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्स् ले टि.भि.एस. अपाचे सिरीजको रेस पार्टनरको प्रस्तावना सफल रुपमा पारित भएको छ ।

रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पि.पि.एलका प्रबन्ध निर्देशक छुम्बी लामाबीच आपसी समझदारीमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

यही मङसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पि.पि.एलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पि.पि.एलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर , चितवन राइनोज , विराटनगर टाईटन , पोखरा पल्टन , एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्स बीच हुन लागेको पि.पि.एल पौष १२ गतेकोे अन्तिम खेल पश्चात् समाप्त हुनेछ ।


क्लिकमान्डु