सदस्य ठग्ने हिरो सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिकाले हिरो बचत तथा ऋण सहकारी संस्थालाई समस्या सहकारीको रुपमा घोषणा गर्न लागेको छ ।

काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लामो समयदेखि उक्त सहकारीले बचतकर्ताको बचत फिर्ता नगरेपछि समस्याग्रस्त घोषणा गर्न लागिएको हो ।

सिनामंगलमा रहेको भनिएको हिरो बचत तथा सहकारी संस्था विगत ५ वर्ष देखि सम्पर्क बिहीन भएको महानगरपालिका सहकारी विभागको भनाई छ ।

उक्त सहकारीका सञ्चालन लामो समसम्म सम्पर्कमा नआएपछि ७५ जना पीडितहरुले सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागमा निवेदन दिएका छन् । उक्त सहकारी महानगरको क्षेत्राधिकार भित्र परेपछि महानगरले समस्याग्रस्त घोषणा गर्न लागेको बताइएको छ ।

सहकारीले ७५ हजारदेखि ८ लाख रुपैयाँसम्म ठगेको भन्दै निवेदन परेको महानगरको सहकारी विभागले जनाएको छ । विभागमा निवेदन परेपछि विगत १ वर्षदेखि सहकारीका सञ्चालकलाई खोजी गर्दा सञ्चालकहरु फेला नपरेको बताइएको छ । उक्त सहकारी २०६४ सालमा दर्ता भएको र २०६८ सालदेखि बचत तथा ऋणको कारोबार नभएको देखिएको छ ।


क्लिकमान्डु