दराज किनमेल मेला १२:१२ मा ६० प्रतिशतसम्म छुट हुने



काठमाडौं । नेपालको अनलाइन सपिङ दराजले किनमेल मेला १२ः१२ आयोजना गरी सन् २०१९ लाई बिदाई गर्ने भएको छ ।

११ः११ को सफलतापछि दराजले वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२. गर्ने घोषणा गरेको छ । दराजको १२.१२.अभियान यही २६ मंसिर देखी पुष २ सम्म लागू हुनेछ । यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको भारी छूट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा १,५०० सम्मको छूट पाउनेछन् ।

दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाख भन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन गत वर्षको भन्दा ७५ प्रतिशत बढी हो । यसपाली को ११ः११ मा ३ हजारभन्दा बढी बिक्रेता थिए र ५० हजार भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरुमा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गरेको थियो ।


क्लिकमान्डु