पल्सर डेयर भेन्चर राइडर्सले दशरथ रंगशाला सफा गरे




काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।

पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको सफलतापुर्वक ३ वटा सिजन सकिसकेको छ र चौथोँ सिजन शुरु भएको छ जुन एपी१ एचडी टिभीमा हरेक शनिबार राति ९ बजे प्रसारण हुदैँ आइरहेको छ । पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरहरुलाई एउटा नम्र र सम्मानित नागरीक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गर्दछ । र, यो सरसफाईको प्रयास जुनसुकै बेला कायम गर्नु पर्ने अनुशासन कौशल मध्यको एउटा पाटो हो ।

नेपालले दक्षिण एशियाली खेलकुद २०१९ आयोजना गरिरहेको छ जहाँ ७ देशका सहभागीहरु द्विवार्षिक बहु–खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले यो तेस्रो पटक दक्षिण एशियाली खेलकुद आयोजना गरेको हो ।


क्लिकमान्डु