सन्ना मरिन बनिन् विश्वकै कान्छी प्रधानमन्त्री



फिनल्याण्डमा सन्ना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । ३४ वर्षे मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।

सोसल डेमोक्रेटिक पार्टीका तर्फबाट प्रधानमन्त्री चुनिएकी उनी यसअघि त्यहाँको सरकारमा यातायातमन्त्री थिइन् । उनी फिनल्याण्डकी प्रधानमन्त्री निर्वाचित हुने तेस्रो महिला हुन् ।

उनको पार्टी गत अप्रिलमा भएको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको थियो । प्रधानमन्त्री एन्त्ती रिनेले राजीनामा दिएपछि उनी प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । त्यहाँको औद्योगिक क्षेत्रमा अहिले हड्ताल भइरहकेो छ । त्यसकारण त्यहाँका यसअघिका प्रधानमन्त्रीले राजीनामा दिएका थिए ।

यसअघि न्यूजिल्याण्डमा ३९ वर्षको उमेरमा ज्याकिन्डा अर्डेन प्रधानमन्त्री भएका थिए । त्यस्तै, युक्रेनमा ओलेक्सिय होचक्रु पनि २५ वर्षमा प्रधानमन्त्री भएका थिए भने दक्षिण कोरियामा किम जोङ ३५ वर्षमा नेतृत्व सम्हालेका थिए । एजेन्सी


क्लिकमान्डु