बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभाशं दिने, नगद र बोनस कति ?
काठमाडौं । बुटवल पावर कम्पनीले सेयर लगानीकर्तालाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को खुद नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव आगामी २७ औं बार्षिक साधारण सभामा पेश गर्ने र उक्त सभाले पास गरेपनि लगानीकर्ताले पाउने छन् । आगामी साधारण सभाको लागि कम्पनीले पुस ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज हुने छ ।