डिसहोममा क्रेडिट सर्भिस अब ५ दिनसम्म पाइने



काठमाडौं । डिस होमका ग्राहकले सदस्यता शुल्क समाप्त भइसकेपछि ३ दिन सम्म पाउँदै आएको थप म्याद बढेर ५ दिन पुगेको छ ।

यो सेवा अन्तर्गत ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ ।

यो प्रक्रिया स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित र सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारको अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ ।

डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।


क्लिकमान्डु