चन्द्रागिरि सहकारीमा १४ प्रतिशत लाभांश र संरक्षित पूँजि फिर्ताकोष पारित




काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १४ प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरणका साथै विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभामा ७८ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थामा ११ हजार ४ सय ४१ जना सदस्य रहेको छ । साधारण सभाले १४ प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरणका साथै विभिन्न प्रस्तावहरु पारित गरेको छ । २०७६ असार मसान्तसम्ममा १ अर्ब ७२ करोड कुल सम्पत्ति रहेको संस्थाले ४ करोड २५ लाख सञ्चालन मुनाफा गर्न सफल भएको थियो ।

२०७६ कार्तिक मसान्त सम्ममा संस्थाको कुल सम्पत्ति १ अर्ब ९३ करोड पुगेको छ । आ.व. २०७५/०७६ को कारोबारबाट संस्थाले अग्रिम आयकर, बचतको ब्याजकर कट्टी, सामाजिक सुरक्षा कर लगायत विभिन्न स्रोतमा करकट्टी गरी जम्मा १ करोड ६२ लाख रकम कर दाखिला गरी नेपाल सरकारलाई कर योगदान गरेको संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले जानकारी दिए ।

संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्रले प्रस्तुत गरेको लेखासुपरिवेक्षण समितिको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ । यसका साथै सदस्यहरुमा ११ वटा प्रस्तावहरुमा छलफलका लागि पारित गरेको छ ।

आ.व. २०७६/०७७ मा एटिएम मेशिन सञ्चालन गर्नुको साथै बैंकमा रहेका सदस्यहरुको खातामा रकम ट्रान्सफर गर्ने सुविधा थप गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए । श्रेष्ठका अनुसार अनलाईन सदस्यता तथा ऋण प्रदान गर्ने, चन्द्रागिरि साकोसमा मात्र सदस्य बन्ने, सदस्यहरुलाई बचत र ऋणको ब्याजदरमा सुविधा र सहुलियत प्रदान गर्ने, वस्त्र संग्रह तथा वितरण केन्द्र सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ । सदस्यहरुको स्वाथ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, साना उद्योग तथा व्यवसाय स्थापना गरी स्वरोजगारी सृजना गर्न सहुलियत ऋणहरु प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ । संस्थाले एकीकरण र सेवा केन्द्र स्थापना गर्ने जस्ता लक्ष्यहरु राखेको छ ।

आ.व. २०७६/०७७ मा संस्थाको कुल कारोबार २ अर्ब २० करोड र सदस्य संख्या १३ हजार पु¥याउने लक्ष्य लिएको प्रमुख श्रेष्ठले जनाकारी दिए ।


क्लिकमान्डु