इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेलाई सम्मान गर्दै गभर्नरले भने- उहाँ बैंकिङ क्षेत्रको सम्पत्ति हो



काठमाडौं । नेपाल बैकर्स संघले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीराज पाँडेलाई सम्मान गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबी नेपाल, डेपुटी गभर्नर  चिन्तामणि शिवाकोटी र संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पाँडेलाई सम्मान गरे ।

पाँडेले नेपालको वित्तीय क्षेत्रको विकास तथा बैंकिङ्ग क्षेत्रको दिगो उन्नतीका लागि नेपाल राष्ट्र बैंकको विभिन्न ओहोदा, राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धक, हिमालय बैंकको संस्थापक/कार्यकारी निर्देशक/प्रमुख कार्यकारी अधिकृत तथा नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमुख कार्यकारी संचालक र हाल अध्यक्षको रुपमा, लगायत अन्य विभिन्न ओहोदामा रहि विगत चार दशक भन्दा अधिक समयदेखि अनवरत रुपमा दिएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

पाँडेलाई सम्मान गर्दै राष्ट्र बैंकका गभर्नर नेपालले बैंकिङ क्षेत्रको सम्पत्ति भएको बताए ।

सम्मान–पत्र ग्रहण गरे पश्चात पाँडेले आफ्ना अनुभवहरु सुनाउदै नेपालमा बैंकिङ्ग क्षेत्रले हासिल गरेको उपलब्धि तथा नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने र गाभिने नीति सहि दिशामा भएको औल्याए । साथै, बैंकहरुले सुचना प्रविधिमा आधुनिकता ल्याउने कुरमा जोड दिनु पर्ने उल्लेख गर्दै सम्मानका लागि नेपाल बैंकर्स संघलाई धन्यवाद दिए ।


क्लिकमान्डु