मर्ज भएपछि ग्लोवल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । जनता बैंकलाई मर्ज गरेपछि ग्लोवल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतितर्फ संस्थागतमा ८.५० र व्यक्तिगतमा ९.२५ प्रतिशत ब्याज दिने उल्लेख छ । यस्तै, बचततर्फ सबैभन्दा बढी ६ र सबैभन्दा कम ०.७५ प्रतिशत ब्याज दिनेछ ।

हाल बैंकले २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

असोज मसान्तमा बैंकको आधार दर ९.४४ प्रतिशत छ । बैंकबाट ऋण लिँदा सबैभन्दा बढी १५.४४ प्रतिशत छ । बैंकबाट हायर पर्चेज लोन, शैक्षिक धितो कर्जा, मोटरेज लोन, सेयर धितो कर्जा लिँदा १५.४४ प्रतिशत ब्याज लाग्नेछ ।

यस्तै, घर कर्जा, अटो कर्जा लिँदा १४.४४ प्रतिशत ब्याज लाग्नेछ ।


क्लिकमान्डु