एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग नवलपरासीको रानीनगरमा



काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

त्रिवेणी गाउँपालिकाको वडा नं.७ मा रहेकोे रानीनगरमा खुलेको यो बैंकको ४४औं शाखारहित बैंकिङ्ग शाखा हो ।

बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको उदघाटन विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको छ ।


क्लिकमान्डु