सेयर बजारमा देखियो सुधारको संकेत, बीमा कम्पनीमा लगानीकर्ताको चाप



tockकाठमाडौं । सेयर कारोबारमा साताको अन्तिम दिन बिहीबार बिक्रीकर्ता भन्दा खरिदकर्ताको चाप बढी देखिएको छ । जसले सेयर बजारमा सुधारको संकेत पनि देखाएको छ । लामो समय गिरावट रहेको बजारमा केही दिन यता बिस्तारै सुधारको संकेत देखिएको छ ।

बिहीबार सेयर मापन गर्ने सूचक ७.४५ अंकले बढेर ११३१.९२ बिन्दुमा रोकिएको छ । १६८ कम्पनीको १० लाख ९५ हजार १८८ कित्ता सेयर ३५ करोड ८८ लाख ३९ हजार ८६० रुपैयाँमा किनबेच भएको छ । १२ समूहको कारोबारमा बैंकिङ २.११, टे«डिङ १६.३७, होटल १६.४७, निर्जीबन बीमा ७१.९९, जीवन बीमा १५३.२१, माइक्रोफाइनान्स समूहको उपसूचक २४.५५ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्सोरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ३ करोड ५१ लाख ३१ हजार ८०१ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था रहेका छन् । साताको अन्तिम दिनको कारोबारमा जीबन बीमा र निर्जीबन बीमा समूहको बोलवाला रह्यो ।


क्लिकमान्डु