दर्जनौ यात्रुको ज्यान जोगाउने सोनाम महालक्ष्मी विकास बेैंकद्वारा सम्मानित



काठमाडौं । बस दुर्घटना हुँदा नदीमा खसेका दर्जनौ यात्रुको उद्दार गर्ने साहसी युवा सोनाम तामाङ सम्मानित भएका छन् । महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले उनलाई सम्मान गरेको हो ।

अरनिको राजमार्गको सुकुटेबिचमा बस दुर्घटाना भई सुनकोशी नदिमा खस्दा दर्जनाैं यात्रीको र्याफटिङ गाईड तामाङले सफल उद्दार गरी ज्यान जोगाएका थिए ।

उनको साहासीक कार्यको कदर गर्दै बैंकले १५ हजार रुपैया सहित सम्मान गरेको छ ।

गत  कार्तिक १७ गते मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटेबिचमा दुर्घटना भएको थियो ।


क्लिकमान्डु