प्रभु बैंकको थप शाखा सर्लाहीको बयलबासमा



काठमाडौं । प्रभु बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको १९९औं शाखा हो ।

उक्त शाखाको उदघाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उक्त कार्यालय सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा हुने बैंकले विश्वास लिएको हो ।


क्लिकमान्डु