स्ट्यान्डर्ड चार्टड बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, स्प्रेड दर राष्ट्र बैंकले तोकेभन्दा बढी



काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको आधार दर ७.६३ प्रतिशत छ । सोही आधार दरमा विभिन्न शिर्षकका कर्जामा फरक फरक प्रिमियम जोडेर बैंकले ग्राहकसँग ब्याज लिन्छ ।

बैंकको स्प्रेड दर ५.५८ प्रतिशत छ । राष्ट्र बैंकले ४.५ प्रतिशत भन्दा बढी राख्न नहुने भनेको छ । तर, यो बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर मेन्टेन गरेको छैन ।

बैंकले ग्रामीण प्राथमिक कर्जामा बेसरेटमा ५.५० प्रतिशतदेखि ७ प्रतिशत जोडेर लिन्छ । त्यस्तै व्यक्तिगत कर्जामा ५.५० प्रतिशतदेखि ७.५० प्रतिशत, घर कर्जामा ३ प्रतिशतदेखि ५ प्रतिशत, अटो कर्जामा ३ प्रतिशतदेखि ५ प्रतिशत, बहुराष्ट्रिय कम्पनीका लागि कर्जामा २.१५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म जोडेर कर्जाको ब्यायजदर तोकेको छ ।

त्यस्तैं बैंकले ओभर ड्राफ्ट कर्जामा बेस रेटमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म, सर्ट टर्म कर्जामा २.५० प्रतिशदेखि ५ प्रतिशत तोकेको छ ।

बैंकले फिक्स डिपोजिटमा बेस रेटमा २ प्रतिशतसम्म वा कुपन रेटमध्ये जुन बढी हुन्छ त्यही ब्याजदर तोकेको छ ।


क्लिकमान्डु