पर्यटन बोर्डका सीईओ जोशीको कार्यकाल ३ महिना थपियो




काठमाडौं । बुधबार बिहान मात्रै प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन खुलाएको पर्यटन बोर्डले बुधबार दिउँसो प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल तीन महिना थप गरेको छ ।

भ्रमण वर्षको मुखैमा बोर्ड अभिभावकविहीन हुने र नयाँ नियुक्तीका लागि समेत कम्तीमा २ महिना समय लाग्ने भएकाले उनको कार्यकाल ३ महिना थप गरिएको हो ।

जोशीको कार्यकाल यही पुस ७ गते सकिँदै थियो । जसका लागि बोर्डले नयाँ सीईओका लागि विज्ञापन गरेको थियो । बोर्डमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका ३ जनाले जोशीको कार्यकाल थप गर्नुपर्ने बताएका थिए ।

तर बोर्डले खुलाएको विज्ञापनमा समेत निजी क्षेत्रको प्रतिनिधिले विरोध गरेपछि नयाँ सीईओ नियुक्ती २ महिनामै सकिनेमा शंका थपिएको छ । बोर्डले विज्ञापनमा १० वर्षको अनुभव तथा ३५ वर्ष पुगेको र ६० वर्ष ननाघेको भनिएको छ । जसलाई लिएर निजी क्षेत्रका प्रतिनिधिले आपत्ति जनाइसकेका छन् ।


क्लिकमान्डु