माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत




काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५% व्याजदर सहित प्रति ऋणपत्र रु.१,००० कायम भएका उक्त ऋणपत्र यहि मंसिर १८ गते देखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।

ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् । । सूचिकरणपछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्पmत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

माछापुच्छ्रे  बैंकले १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फत बंैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु