विश्वका खराब एयरलाइन्सको सूचीमा नेपाल एयरलाइन्स र तारा एयर



विश्वका खराब विमानको सूचीमा नेपाल एयरलाइन्स र तारा एयरका विमान परेका छन् । एयरलाइन रेटिङ डटकमले सार्वजनिक गरेको सूचीमा नेपालका दुई विमान नेपाल एयरलाइन्स र तारा एयर पहिलो र दोस्रो नम्बरमा परेका हुन् ।

उक्त वेवसाइटले प्रकाशित गरेको सूचीलाई आधार बनाएर फोब्र्सले समाचार लेखेको छ । उक्त सूची निकाल्नु अघि इन्टरनेशनल ट्रान्स्पोर्ट एसोसिएसन अपरेसनल सेफ्टी अटिड सर्टिफिकेट, कालोसूचीमा परेको देश, विमानले प्रदान गर्ने सेवा सुविधाका आधारमा तयार पारिएको उल्लेख गरिएको छ ।

जसलाई ७ अंकमा मापन गरिएको थियो ।

जसमा पहिले नम्बरमा तारा एयर र दोस्रो नम्बरमा नेपाल एयरलाइन्सलाई राखिएको छ । तारा एयरले ७ अंकमध्ये जम्मा १ अंक प्राप्त गरेको छ । सन् २०१० र २०११ मा भएका दुर्घटनाका कारण यसलाई सबैभन्दा खराब सूचीमा राखेको छ ।

सूचीको दोस्रो नम्बरमा नेपाल एयरलाइन्सलाई राखेको छ । नेपाल एयरलाइन्सले पनि जम्मा एक अंक प्राप्त गरेको छ । सन् १९६८ देखि रोयल नेपाल एयरलाइन्सका नामबाट सञ्चालित एयरलाइन्सको पनि विगत ८ वर्षमा भएका ९ वटा दुर्घटनाका कारण खराब एयरलाइन्सको सूचीमा राखेको उल्लेख छ । साथै, यूरोपियन युनियनले राखेको कालोसूचीलाई समेत आधार बनाएको छ । यद्यपि अहिलेको अवस्थामा धेरै सुधार भएको उल्लेख गर्दै सन् २०१४ मा मात्रै १८ वटा घटना भएको उल्लेख छ ।

साथै तेस्रो स्थानमा अफगानिस्तानको एरियाना अफगान एयरलाइन्सलाई राखेको छ । भने दक्षिण अमेरिकाका ब्लुविङ एयरलाइन्सलाई चौथो स्थानमा राखेको छ ।

अफगानिस्तानकै कम एयर र इन्डोनेसियाको त्रिगंगा एयर सर्भिसलाई पनि क्रमशः खराब एयरलाइन्सको सूचीमा राखेको छ । साथै काजिकस्थानको एसक्याट एयरलाइन्स पनि खराब एयरलाइन्सको सूचीमा छ ।

विगत ४० वर्षयता एयरलाइन्स इन्जिनियरिङमा व्यापार सुधार तथा विकास भए पनि यी विमानहरुले सोही प्रकारकाले विकास गर्न नसकेको उल्लेख छ । – एजेन्सी


क्लिकमान्डु