गोदरेज ‘फ्रि कपल ट्रिप टु बाली’ अफरको लक्की–ड्र सम्पन्न



काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वको अवसरमा ग्राहकमाझ ल्याएको “फ्रि कपल ट्रिप टु बाली” योजनाको विजेता सार्वजनिक गरेको छ ।

लक्की–ड्रमार्फत गरिएको उक्त छनौट गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरिएको छ ।

भाद्र २० गते देखि कार्तिक ३० गतेसम्म लागू गरिएको उक्त योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्र मार्फत बाली भ्रमण स्किम राखिएको थियो ।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीहरुले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेका छन् ।


क्लिकमान्डु