टिसिएलको ‘बडा अफर थाइल्याण्डको सफर’ स्किमको नजिता सार्वजनिक, को बन्यो बिजेता?



काठमाडौं । टि.सि.एलले “बडा अफर थाइल्याण्डको सफर” नामक स्किमको विजेता घोषणा गरेको छ ।

टि.सि.एल.को आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा उक्त घोषणा सम्पन्न भएको छ ।

भाद्र १९ गते देखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा टि.सि.एल.ब्राण्डको प्रत्येक उत्पादनहरु (एल.इ.डि. टि.भि., चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण गर्न पाउने स्किम राखिएको थियो ।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।


क्लिकमान्डु