नेपाल–भारतबीच हुने भलिबलको फाईनल खेल डिसहोमले लाइभ गर्ने




काठमाडौं । नेपालमा भइरहेको १३औं दक्षिण एशियाली खेलकुदमा नेपाली महिला भलिबल टिम फाइनलमा पुगेको छ ।

उक्त फाइनल खेलमा नेपाल र भारत भिडने छन् । उक्त खेलको प्रत्यक्ष प्रसारण डिस होमले गर्ने भएको छ । महिला भलिबलको फाईनल खेल मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ ।

दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सक्ने डिसहोमले जनाएको छ ।


क्लिकमान्डु