नेपालको वैदेशिक व्यापार घाटा घट्यो, पाम आयलले निर्यात बढ्यो



काठमाडौं । पछिल्ला केही महिनायता नेपालको अन्तराष्ट्रिय व्यापारमा सुधार आएँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासमा २३.९० प्रतिशत निर्यात बढ्दा ६.९२ प्रतिशतले आयात घटेको छ । आयातको तुलनामा बढ्न नसकेको कारण खर्बौको अन्तराष्ट्रिय व्यापार खेप्दै आएको नेपालमा केही सुधारको संकेत देखिएको हो ।

यस्तै, भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालमा आयात ६.९२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएकोमा चालु आवको सोही अवधिमा यस्तो आयात ६.९२ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब २९ करोड ८९ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिसम्ममा ३३ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात घटेको हो ।

आयात घटेसँगै नेपालको वैदेशिक व्यपार घाटा पनि घटेको उक्त अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत आवको साही अवधिमा नेपालले ४ खर्ब ५४ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार घाटा खेपेको थियो । गत वर्षको साही अवधिको तुलनामा चालु आवको उक्त अवधिमा वैदेशिक व्यापार घाटा ४० अर्ब ४५ करोड ६२ लाख रुपैयाँ घटेको हो ।

नेपालमा आयात र निर्यातको भारित अन्तर भएता पनि चालु आवको पहिलो चौमासमा निर्यातमा भने उच्च वृद्धि भएको छ । गत आवको सोही अवधिमा २३ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान नेपालबाट तेस्रो मुलुक तर्फ निर्यात भएको थियो । उक्त निर्यात यस अवधिमा २३.९० प्रतिशतले वृद्धि भएर ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । गत वर्षको भन्दा नेपालले उक्त अवधिमा ६ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ बढीको वस्तु तथा सामान निर्यात गरेको हो ।

नेपालबाट सबैभन्दा बढी भारतमा ८ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ बराबरको पाम तेल र भटमासको तेल २ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको निर्यात गर्न सफलमा भएको छ ।


क्लिकमान्डु