एडीबीको अध्यक्षमा जापानका मासातसुगु असाकावा नियुक्त



काठमाडौं । एसिएन डेभलपमेन्ट बैंक (एडीबी)को अध्यक्षमा जापानका मासातसुगु असाकावा नियुक्त भएका छन ।

६१ वर्षे असाकावा जापानको प्रधानमन्त्रीका विशेष सल्लाकारसँगै फाइनान्स मन्त्री समेत हुन् । उनी एडीबीका १० औं अध्यक्ष भएका छन् ।

सन् २०२० को जनवरी १७ देखि कार्यभार सम्हाल्ने असाकावा जापानको तावेहिको अकाओका अध्यक्ष समेत हुन । उनको अवधि न् २०२१ नोभेम्ब २३ मा सकिने भएपछि सोभन्दा अघि १६ जनवरी २०२० मा छाडेर एडीबीको अध्यक्ष पद सम्हाल्नेछन् ।

असाकावा अन्तर्राष्ट्रिय फाइनान्स तथा विकाससँग जानकार मानिन्छन् । उनको एडीबीमा आगमनपछि एसिया र प्यासिफिक क्षेत्रको दीषे विकास र समृद्धिका लागि महत्वपूर्ण हुने दक्षिण कोरियाका उपप्रधानमन्त्री तथा अर्थ तथा वित्त मन्त्री होङ नाम किले बताएका छन् ।

असाकावा जापानमा उच्च पदमा रहेर काम गरिसकेका छन् । उनले जापनको अर्थमन्त्रालयका साथै फाइनान्स फर इन्टरनेसनल अफेयर्समा काम गरिसकेका छन् । उनी विकास नीति, वैदेशिक मुद्रा बजार, अन्तर्राष्ट्रिय कर नीतिका जानकार मानिन्छन् ।


क्लिकमान्डु