पर्यटकीय गन्तव्यको विकास गर्न १४७ स्थानीय तहलाई ४३ करोड बजेट, कुनले कति पाए ?



काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यको विकासका लागि विभिन्न स्थानीय तहका लागि बजेट बिनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले १४७ वटा स्थानीय तहका लागि ४३ करोड रुपैयाँ बजेट बिनियोजन गरेको हो ।

मन्त्रालयले सबैभन्दा बढी पोखरा महानगरपालिकालाई १ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ । त्यस्तै, मन्त्रालयले १२१ वटा स्थानीय तहमा २५ लाख रुपैयाँका दरले बजेट स्वीकृत गरेको छ ।

त्यस्तै, ८ वटा स्थानीय तहमा ४० लाख रुपैयाँका दरले, १४ वटा स्थानीय तहमा ५० लाख रुपैयाँका दरले बजेट बिनियोजन गरेको छ । त्यस्तै, एउटा स्थानीय तहमा ३० लाख रुपैयाँ, एउटा स्थानीय तहमा ६५ लाख रुपैयाँ र एउटा स्थानीय तहमा ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

मन्त्रालयले पर्यटकीय गन्तव्यस्थलमा सार्वजनिक निर्माण तथा पूँजीगत सुधारका कामका लागि स्वीकृत कार्यक्रम खर्च गर्ने गरी बजेट स्वीकृत गरेको हो ।

मन्त्रालयका अनुसार गन्तव्यस्थल विकासका लागि गुरुयोजना तयार भइसकेको भए सोही अनुसार निर्माण तथा तयार नभएको भए सोही बजेटबाट गुरुयोजना तयार गरी काम अगाडि बढाउन समेत निर्देशन दिएको छ ।

निर्माण गर्दा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ तथा स्थानीय तहको हकमा खरिद सम्बन्धि छुट्टै व्यवस्था भए सोही कानूनी व्यवस्था अनुसार खरिद कारबाही सम्पादन गर्न, बजेट निकासा र खर्चको मास्केवारी मासिक रुपमा र र्भातिक प्रगति प्रतिवेदन चौमासिक र वार्षिक रुपमा मन्त्रालयमा पठाउनु समेत निर्देशन दिएको छ ।

निकासा लिएको रकम खर्च हुन नसकी बाँकी रहेको रकम फ्रिज हुने भएकाले आर्थिक कार्यविधि नियमावली २०६४ नियमावलीमा तोकिए अनुसार स्थानीय निकायसँग समन्वय गरी निकासा लिइ खर्च हुन बाँकी रकम फिर्ता गर्ने व्यवस्था गर्नुपर्नेछ ।

बजेट तथा कार्यक्रम कार्यान्वयनको मन्त्रालयबाट समेत अनुगमन हुनेछ । भने गत आवमा पठाइएको बजेटको वित्तीय तथा भौतिक प्रगति र खर्चको पठाउन मन्त्रालयले निर्देशन दिएको छ । हालसम्म कुनै पनि स्थानीय तहले गत आर्थिक वर्षको प्रगति विवरण पठाएका छैनन् ।

कुन स्थानीय तहले कति बजेट पाए ?


क्लिकमान्डु