बजाज चेटक इ–स्कुटर भारतमा जनवरीदेखि बुकिङ शुरु हुने, नेपालमा कहिले आउँछ ?




काठमाडौं । बजाज कम्पनीद्वारा उत्पादित चेटक इ–स्कुटरको बुकिङ सन् २०२० को जनवरीदेखि भारतमा शुरु हुने भएको छ ।
सबैभन्दा पहिला यो स्कुटरको विक्री दिल्लीस्थित केटिएम शोरुमबाट शुरु गरिने कम्पनीले जनाएको छ ।

जनवरीदेखि बुकिङ खुला गर्ने बताए पनि मूल्य भने त्यतिबेलै खुलाउने कम्पनीले स्पष्ट पारेको छ । चेटक स्कुटर बजाजको पहिलो इलेक्ट्रिक टु–ब्हीलर हुनेछ । ४ किलोवाट मोटर भएको यो स्कुटरमा स्पोर्ट र इको गरी दुईवटा राइडिङ मोड रहेका छन् जसले क्रमश ८५ र ९५ किलोमिटर माइलेज दिनेछन् ।

भारतको दिल्लीबाट विक्रि शुरु हुने यो स्कुटर नेपाल आउन भने केहि समय लाग्नेछ । त्यसैगरी भारतमा अझै मूल्य नखुलेको यो स्कुटरको मूल्य नेपालमा कतिपर्छ भन्ने आँकलन अहिल्यै गर्न नसकिने नेपाल स्थित डिस्टीब्युटरहरुले बताएका छन् ।


क्लिकमान्डु