बैंकको एटीएममा पैसा राख्न गएको कर्मचारी पैसा बोकेर फरार



 बैंकबाट ४ करोड ४ लाख पैसा बैंक कै कर्मचारीले लुटेर भागेको छ । एटिएममा पैसा राख्न गएका भारतका एक बैंकका कर्मचारी एटीएममा राख्ने पैसा लिएर परार भएका हुन् ।

भारत उत्तर प्रदेश नोएडाको एमएस लोजिक्यास सोलुसन कम्पनीका धर्मेश नामका कर्मचारीले गत सोमबार बिहान ९ः३० बजे एटिएममा राख्न पठाइएको ४ करोड ४ लाख ८४ हजार रुपैयाँ लिएर भागेको प्रहरीमा उजुरी परेका छ । कम्पनीका सहायक प्रबन्धक अजीत सिंहले प्रहरीमा कर्मचारी बिरुद्ध दिल्लीको पुलिस स्टेसनमा उजुरी दिएका हुन् ।

उनका अनुसार कम्पनीले दिल्लीको विहार फेज १ स्थित एचडीएफसी बैंकको एटीएममा सुरक्षा गार्ड सहित कर्मचारीलाई पठाएको थियो । कर्मचारीले गार्डलाई बैंकको बाहिरबाट नै सुरक्षा दिनु आदेश दिएर एटीएममा पैसा राख्नु एक्लै बैंकमा गएका थिए ।

सुरक्षा गार्डलाई बैंकको गेट बाहिर नै राखेका ति कर्मचारीले एक्लै भएको मौका छोपि पैसा लिएर फरार भएको बताईएको छ । कम्पनीले धेरै बैंकहरुको पैसा ओसारपोसार गर्ने एक बैंकको पैसा अर्को बैंकमा , केन्द्रिय बैंकमा तथा एटीएममा राखिदिने काम गर्दै आएको छ ।


क्लिकमान्डु