भारतको आईसीआईसीआई बैंक नेपालमा भित्रियो, सम्पर्क कार्यालय खोल्ने



काठमाडौं । भारतको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने भएको छ ।

भारतको निजी क्षेत्रको लगानी रहेको आईसीआईसीआई बैंक निजी क्षेत्रले खोलेको बैंकहरुमा ठूलो मानिन्छ ।

आईसाईसी बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्नको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको छ ।

राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।

मुम्बईमा मुख्यालय रहेको आईसीआईसीआई बैंकको ४ हजार ८८२ वटा शाखा रहेका छन् ।


क्लिकमान्डु