३० हजार मेट्रिक टन धान खरीद गर्ने तयारी

क्लिकमान्डु २०७६ कार्तिक २७ गते १८:२४ मा प्रकाशित


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष ३० हजार मेट्रिक टन धान खरीद गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले सरकारले धानको मूल्य तोकेसँगै प्रारम्भिक चरणमा ३० हजार मेट्रिक टन धान खरीद गर्ने भएको जानकारी गराए । गत वर्ष कम्पनीले ३५ हजार मेट्रिक धान खरीद गरेको थियो ।

“प्रारम्भिक चरणमा हामीले ३० हजार मेट्रिक टन धान खरीद गर्ने निर्णय गरेका छौँ”, उनले भने , ‘‘उक्त धान खरीद गरेपछि मागका आधारमा दोस्रो चरणमा कति धान खरीद गर्ने भनेर निर्णय गर्दछौँ ।”

धान खरीद गर्नका लागि कम्पनीले महेन्द्रनगर, धनगढी, टीकापुर, राजापुर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुर, लहान, विराटनगर र विर्तामोडमा खरीद केन्द्र पनि सञ्चालन गरिसकेको उनले जानकारी दिए ।

कम्पनीले खरीद गरेको धान कुटाई चामललाई विपद् व्यवस्थापनका लागि स्टकमा राख्ने, मूल्यस्थिरीकिरणका लागि विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्ने र दुर्गम ठाउँमा पठाउने छ । यस वर्ष सरकारको मन्त्रिपरिषद् बैठकबाट मध्यम धानको मूल्य दुई हजार ६७३ र मोटा धानको मूल्य दुई हजार ५८० तोकेको छ । मसिनो धानको मूल्य भने खरीद केन्द्र रहेका जिल्लाका प्रजिअले आपसी सहमतिमा तोक्ने सक्ने प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स